Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

उखु प्रशोधन क्रममा दुर्घटना, सर्लाहीमा १९ वर्षीय मजदुरको मृत्यु

उखु प्रशोधन क्रममा दुर्घटना, सर्लाहीमा १९ वर्षीय मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको एक चिनी उद्योगमा भएको औद्योगिक दुर्घटनामा १९ वर्षीय कामदारको मृत्यु भएको छ। धन्कौल गाउँपालिका–३ मा रहेको अन्नपूर्ण चिनी उद्योगमा उखुको खुवा तयार गर्ने क्रममा मेसिनले च्याप्दा धन्कौल–४ महिनाथपुर निवासी चुनचुन रायको ज्यान गएको हो।

प्रहरीका अनुसार राय काममा संलग्न भइरहेका बेला दुर्घटनामा परेका थिए र उनको घटनास्थलमै मृत्यु भयो। शव परीक्षणका लागि मलङ्वा स्थित प्रादेशिक अस्पतालमा राखिएको छ भने घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।