Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेनलाई भेट्न दिनहु डेरामा पुग्न थाले हजारौ, कांग्रेस एमालेका युवा नेताहरु पनि बालेनको साथमा देखिए

बालेनलाई भेट्न दिनहु डेरामा पुग्न थाले हजारौ, कांग्रेस एमालेका युवा नेताहरु पनि बालेनको साथमा देखिए

बालेन मतदाताहरुलाई भेट्न जानुपर्ने हो तर झापामा भने बालेनलाई उल्टै भेट्न जाने मतदाताहरुको लर्को लागिरहेको छ । यसबाट पनि थाहा हुन्छ की बालेन क्रेज र बालेनप्रति जनताहरुको आशा र भरोसा कति छ भनेर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले झापामा मतदाताहरूसँग भेट्न सुरू गरेका छन्। उनी आफ्नो लागि अरु उम्मेदवार जस्तै सबैको घरदैलोमा जान परेका छैनन । किन भने उनलाई भेटन बस्तीबस्तीबाट उठेर मतदाताहरु उनी बसको घरसम्म गईरहेका छन ।

मंगलबार झापा–५ मा मनोनयन दर्ता गराएका बालेनले बुधबारदेखि नै मतदाताहरूसँग भेट्न थालेका हुन्।बालेनले चुनाव प्रचारका लागि दमकमा घर भाडामा लिएका छन्। दमक ५ स्थित सम्पर्क कार्यलयमा बालेनले स्थानीय मतदातासँग छलफल गरेका छन्।

हिजो बुधबार मात्र रास्वपाका वरिष्ठ बालेनले झापा क्षेत्र नम्बर ५ स्थित दमकको डेरामै तीन हजार शुभचिन्तकलाई भेटेका छन । दमकस्थित डेरा लक्की सिटौलाको घरमा बसेर उनले युवा, वृद्धदेखि केटाकेटी तथा आफ्नै पार्टी रास्वपाका झापा, मोरङ र सुनसरीका उम्मेद्वारसँग भलाकुसारी गरेका थिए । फागुन–२१ मा हुने चुनावमा बालेन झापा–५ मा पूर्वप्रधानमन्त्री एबम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सँग प्रतिस्पर्धा गर्दैछन्। 

यस्तै झापा, मोरङ र सुनसरीका रास्वपाका उम्मेद्वारहरू पनि बालेनलाई भेट्न दमक पुगेका थिए, तर भेटघाटका क्रममा बालेनले आफ्नो विषय भने धेरै राखेका थिएनन् । भेट्न आउनेहरूको कुरा नै बढी सुनेका स्रोतले बताएको छ । भावी प्रधानमन्त्री बन्ने योजनाअनुसार आएका दुवैको नेताहरूका कारण झापाको चुनावी सरगर्मी बढेको छ । त्यसको ताप चाहिँ राष्ट्रियव्यापी छ । बालेन झापा पुगेपछि कांग्रेसका दमक नगर सभापति प्रकाश प्रसाईं पार्टी छाडेर बालेनको अभियानमा जोडिए ।

कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी रास्वपा प्रवेश गरेका छन् । ओलीको गृहनगर दमकमा एमालेका राष्ट्रिय युवा सङ्घ दमक नगर कमिटीका अध्यक्ष,उपाध्यक्ष र सचिवले पार्टी छाडे । नगर कमिटीका अध्यक्ष छवि खतिवडा र सचिव कमलप्रसाद गैरे र उपाध्यक्ष विजय तामाङ बालेनको अभियानमा जोडिएका छन् । यसअघि एमाले नगर अधिवेशनमा अध्यक्षका आकांक्षीसहितका नेता रास्वपा प्रवेश गरेका थिए ।

छवि खतिवडालेसामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै झापा–५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने बताएका हुन्। ‘आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को संगठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाएको छु,’ उनले लेखेका छन्। उनले त्यसपछि स्वतन्त्र राजनीतिक जीवन बिताउने निर्णय गरेको पनि बताएका छन्।