Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

महाबिर पुनले रिस उठेर मन्त्रीबाट राजीनामा दिए अनि चुनाव लडन दगुंरे भनेपछि...

महाबिर पुनले रिस उठेर मन्त्रीबाट राजीनामा दिए अनि चुनाव लडन दगुंरे भनेपछि...


महाबिर पुन रिस उठेर चुनाव लागि मन्त्री पदबाट एकाएक राजीनामा दिएर म्याग्दी दगुरेको बताएका छन । निवर्तमान शिक्षामन्त्री महावीर पुनले अन्तिम घडी सम्म कोशिस गर्दा पनि केहि सीप नलागे पछि अचानक यता लागेको बताएका छन। शिक्षा क्षेत्रमा सुधारका लागि अघि सारेका तीन वटा अध्यादेश ल्याउन सहयोग नपाएपछि आफूले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको बताएका छन्। उनी फेसबुकमा लेख्छन अव उकालो लागियो मुना गाउँ तिर चुनाव प्रचार प्रसार गर्न ।

शिक्षा क्षेत्रमा आम सुधार ल्याएर देशलाई समृद्ध बनाउन नगरि नहुने र मैले ल्याउन खोजेको ३ वटा अध्यादेश र ४ वटा नियमावली राष्ट्रपति र विधान समितिले स्वीकार गरेको भए म यो चुनावमा लड़ने थिएन । एउटा छुट्टै बलियो विज्ञान, प्रविधि र नव प्रवर्तन मन्त्रालय बनाउन मुख्य सचिवले अल्भ्याए। अनि त बरीस उठ्यो र म्याग्दी तिर दगुरें। उनले बताएका छन ।

उनले विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि छुट्टै बलियो मन्त्रालय गठन गर्ने प्रस्ताव पनि अघि सारेको बताए। तर सो प्रस्ताव मुख्य सचिव तहबाट पनि रोकिएको उनको आरोप छ। त्यसपछि शिक्षामन्त्रीबाट राजीनामा दिएर म्याग्दी पुगेर प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएको उनको भनाइ छ। पुनले अब शिक्षा, विज्ञान र प्रविधिलाई मुख्य एजेन्डा बनाएर चुनावी प्रचारप्रसार गर्ने बताएका छन्।

२–४ जना लिएर आफ्नो पुरानै शैली र पोशाकमा मनोनयन दर्ता गराउन पुगेका महावीरले म्याग्दीसँगै देशकै ध्यान खिचे, सरप्राइज दिए । उनको उम्मेदवारीले म्याग्दीका पुराना मात्र होइन, नयाँ दलहरूलाई समेत झट्का दिएको छ ।शिक्षामन्त्रीका रूपमा महावीर पुन उस्तै ठेट बोली र स्वभावले चर्चामा आइरहे तर आफ्नै सरकारले घोषणा गरेको चुनावमा उठ्दिन भन्दाभन्दै फेरि उनलाई झोक चल्यो र अहिले गृहजिल्ला म्याग्दीबाट उम्मेदवारी दिएका छन् महाबिर पुन असोज ५ गते सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका थिए ।म्याग्दी जिल्लाको नाङी गाउँमा जन्मेका पुनले करिब १२ वर्ष शिक्षक भएर काम गरेका थिए। पछि अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का एट कर्नीबाट स्नातक तह पूरा गरे।सन् १९९२ मा उनी नेपाल फर्के र आफ्नो गाउँमा शिक्षा तथा प्रविधिको पहुँच विस्तार गर्ने काम सुरू गरे।

उनी राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष हुन्। यता सरकारबाट मंगलबारै राजीनामा दिएर मनोनयन दर्ता गराउन पुगेका महावीर चुनाव लड्न आउलान् भनेर म्याग्दीवासीले सोचेका थिएनन् । विभिन्न दलबाट उम्मेदवारी घोषणा गर्ने र म्याग्दीबाट चुनाव लड्ने आकांक्षीहरूको लर्कोमा महावीर थिएनन् ।राजनीतिमा चासो राख्नेहरूलाई चक्मा दिँदै मनोनयन दर्ता गराए पनि महावीरलाई म्याग्दीमा चुनाव जित्न सहज भने छैन । म्याग्दीमा नेपाली कांग्रेसले जिल्ला उपसभापति कर्णबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ ।नेकपा एमालेले पूर्वजिल्ला अध्यक्ष तथा यसअघिकै उम्मेदवार व्यवसायी हरिकृष्ण श्रेष्ठलाई उतारेको छ भने पछिल्लो समयमा माहोल बनाएको भनिएको रास्वपाबाट जिल्ला सभापति युवराज नै उम्मेदवार छन् । राप्रपा, विप्लव नेतृत्वको माओवादी लगायतका पनि आफ्नै उम्मेदवार छन् ।