Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपाबाट टिकट पाएर पनि उम्मेदवार बन्न पाएन अनिल ,भन्छन गाडी बिग्रिएर मनोनयनका लागि पुग्न सकिन

रास्वपाबाट टिकट पाएर पनि उम्मेदवार बन्न पाएन अनिल ,भन्छन गाडी बिग्रिएर मनोनयनका लागि पुग्न सकिन

रास्वपाबाट टिकट पाए पनि यसपालि उम्मेदवार बन्नबाट वञ्चित भएका छन अनिल गुरूङ । हातमा सांसद हुदै मन्त्री सम्म बन्न सकिने टिकट भएता पनि भाग्यले नै भनौ उनलाई त्यो सपनाको बाटोमा पु¥याउन सकेनन । कतिपयले टिकट नपाएरै दुखि बनेका बेला उनी बने टिकट पाएर पनि उम्मेदवार बन्नबाट रोकिएका छन । उनलाई टिकट नपाउनुको कारण समयमा उनी मनोनयन दर्ताको लागि पुगेनन ।

निर्वाचन आयोगले मनोनयन दर्ताका लागि मंगलबार बिहान १० देखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको थियो। तर रास्वपा उम्मेदवार गुरूङ राति ८ बजेर ४५ मिनेटमा मात्र मनाङको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। आखिर उनी के कारणले त्यहा ढिल पुगे त ? भन्ने प्रश्नमा उनी भन्छन पार्टी कार्यालयले मलाई सोमबार साँझ साढे ५ बजे उम्मेदवारीको टिकट दिएको थियो। सबै प्रक्रिया पूरा गरेर निस्किँदा सवा ६ भइसकेको थियो।

म सोमबार राति नै मनाङ आउँछु भनेर निस्किएको थिएँ, तर गाडी पाइनँ।’सोमबार गाडी नपाएपछि उनी काठमाडौं स्वयम्भूस्थित ठूलो भ¥याङको आफ्नै डेरामा फर्किए।मंगलबार बिहान साढे ४ बजे नै आउने गरी एउटा कम्पनीको गाडी रिजर्भ गरेका थिए, तर त्यो गाडीले एक घन्टा ढिला गरिदिएको उनी बताउँछन्।’बिहान साढे ४ बजे आइपुग्ने भनेको गाडी साढे ५ बजे मात्र आइपुग्यो। घरबाट निस्कँदा पौने ६ बजेको थियो,’ उनले भने, ’तनहुँको डुम्रे पुगेपछि गाडी बिग्रियो।

त्यहाँ झन्डै २ घन्टाजति बस्दा पनि गाडी बन्ने छाँट देखिएन।’ बाटोको कारण देखाउने उनीले वारेसनामा पठाएर पनि मनोनयन दर्ता गर्न सकिने थियो ।तर त्यता तर्फ उनले ध्यान दिएनन बरु भने मेरो मोबाइल बाटोमै स्वीच अफ भयो। मैले कसैसँग सम्पर्क नै गर्न पाइनँ। निर्वाचन आयोगले मनोनयन दर्ताका लागि निर्धारित समयभित्र निर्वाचन अधिकृतको कार्यालय प्रवेश गरेको खण्डमा मात्र मनोनयन दर्ता गर्छ। समयमै नपुग्दा अनिल यसपालि रास्वपाबाट टिकट पाए पनि उम्मेदवार बन्नबाट वञ्चित भएका छन्। र अन्तत राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले मनाङमा उम्मेदवारी दिएन ।