Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रञ्जु दर्शना फेरि चुनावी मैदानमा, काठमाडौं–१ बाट बनिन् उम्मेदवार

रञ्जु दर्शना फेरि चुनावी मैदानमा, काठमाडौं–१ बाट बनिन् उम्मेदवार

काठमाडौँ । काठमाडौं–१ मा चुनावी प्रतिस्पर्धा अब थप रंगीन बन्ने देखिन्छ। युवा राजनीतिज्ञ रञ्जु दर्शना अब रास्वपा प्रतिनिधित्व गर्दै संसदको यात्रा शुरू गर्न लागेकी छिन्। मंगलबार उनले बानेश्वरमा मनोनयन दर्ता गरिन् र ‘घन्टी’ चिह्नमा उम्मेदवारी लिएर निर्वाचनको तयारी पूरा गरिन्।

पहिलो पटक २०७४ को मेयर चुनावमा सहभागी हुँदा उनले २३ हजार मत पाएकी थिइन्, जसले उनलाई काठमाडौंको राजनीतिमा अपेक्षित युवाशक्ति भनेर चिनायो। यस पटकको कदमले काठमाडौं–१ को चुनावी समीकरणमा नयाँ चासो थपेको छ, जहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र र नेपाली कांग्रेसका प्रवल थापा पनि प्रतिस्पर्धामा छन्।

राजनीतिमा विगतमा स्वतन्त्र रहेकी रञ्जु अब रास्वपाको निलो झण्डासँग मैदानमा फर्केकी छन्। उनले भनिन्, “हिजोको आशा आजको विश्वास बन्ने छ।”