शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उम्मेदवारी दर्ता गराएका हुन् । उनी स्वतन्त्र रूपमा उम्मेदवार बन्न लागेका हुन् । उनले म्याग्दीबाटै राजीनामा पत्र पठाएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लड्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पनि आज पदबाट राजीनामा दिएको अर्थमन्त्री लागेको रामेश्वर खनालले पुष्टि गरेका छन । यसअघि चुनाव लड्नकै लागि सरकारका प्रवक्तासमेत सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्ताले यसअघि नै राजीनामा दिइसकेका छन्। मन्त्री छँदै उज्यालो नेपाल पार्टी खोलेका कुलमान घिसिङ त केही दिन अघिदेखि चुनावी अभियानमा समेत सक्रिय भइसकेका छन्। मन्त्री पुनले मनोनय दर्ताको अन्तिम समयमा आएर राजीनामा दिएका हुन ।
महाबिर पुन असोज ५ गते सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका थिए ।म्याग्दी जिल्लाको नाङी गाउँमा जन्मेका पुनले करिब १२ वर्ष शिक्षक भएर काम गरेका थिए। पछि अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का एट कर्नीबाट स्नातक तह पूरा गरे।सन् १९९२ मा उनी नेपाल फर्के र आफ्नो गाउँमा शिक्षा तथा प्रविधिको पहुँच विस्तार गर्ने काम सुरू गरे।उनी राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष हुन्। उनले सन् २००७ मा रामोन म्याग्सेसे पुरस्कार पाएका थिए।साथै, नेपाल सरकारले उनलाई २०७९ सालमा एक करोड रुपैयाँ राशीको भवन कीर्ति रत्न पुरस्कारबाट सम्मान गरेको थियो। ’नवप्रवर्तनका अभियन्ता’ भनेर चिनिने अध्येता पुनले आफ्नो आत्मकथा ’महावीर पुन’ पनि लेखेका छन्।