पत्रकार ऋषि धमला अब नेता बन्ने भएका छन । उनी सांसद बन्ने सपना बोकेर पत्रकारिता पेशालाई यहि बिट मार्दै राजनितिमा प्रबेश गरेका छन । ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दिने भएका छन्। धमला आम जनता पार्टीको तर्फबाट मोबाइल चुनाव चिन्ह लिएर चुनाव लड्ने भएका हुन् ।
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर ४ बाट उनले उम्मेदवारी दिने भएका हुन्।धमला पत्नी एलिजा गौतमका अनुसार धमालाले आम जनता पार्टीको तर्फबाट मोबाइल चुनाव चिह्न लिएर उम्मेदवारी दिन लागेका हुन्।उनले धमला आज मनोनयन दर्ता गर्का लागि रौतहट जान लागेको पनि बताइन्। उनी लेख्छिन आज मनमा गर्व पनि छ र अलि भारीपन पनि।वर्षौँसम्म क्यामेराअगाडि उभिएर सत्यका लागि लड्नुभएका मेरो जीवनसाथी ऋषि धमला आज जीवनकै एउटा ठूलो र नयाँ निर्णयतर्फ अघि बढ्दै हुनुहुन्छ।
पत्रकारिता उहाँको पहिचान थियो तर जनताप्रतिको जिम्मेवारी उहाँको वास्तविक धर्म हो।पत्रकारिता छोडेर राजनीतिमा होमिनु सहज पक्कै थिएन। यसबीचमा हामीले धेरै अनिँदा रातहरू काट्यौँ र निकै सोचविचार गर्यौँ। तर उहाँसँग भएको अनुभव, प्रखर बुद्धि र सत्यप्रतिको अडानले यो नयाँ यात्रामा पनि उहाँलाई सफल बनाउनेछ भन्नेमा म पूर्ण विश्वस्त छु।
आज आम जनता पार्टीको तर्फबाट मोबाइल चिन्ह लिई रौतहट क्षेत्र नं ४ मा उम्मेदवारी मनोनयनका लागि रौतहट जाँदै गर्दा म सधैँझैँ उहाँको साथमा छु। यो साथ मात्र हात समाएर होइन, अटुट विश्वास र संकल्पका साथ हो।यो यात्रा पदका लागि मात्र नभई जनताको सेवाका लागि हो। यस्तो पवित्र यात्रामा उहाँको सहयात्री बन्न पाउनु नै मेरो सबैभन्दा ठूलो शक्ति हो। उनकी पत्नी एलिजा गौतमले सामाजिक सञ्जालमार्फत धमलाको यो निर्णयप्रति गर्व र भावुकता व्यक्त गर्दै जनताप्रतिको जिम्मेवारीलाई प्राथमिकतामा राखेर उनले राजनीति रोजेको बताएकी छन् ।