Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देउवा चुनाव नलड्ने,आरजु राणालाई पनि गगनले दिएनन् टिकट

देउवा चुनाव नलड्ने,आरजु राणालाई पनि गगनले दिएनन् टिकट


पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन् । उनको स्वकीय सचिवालयले देउवा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएको हो ।डडेलधुराबाट निर्वाचन लड्दै आएका थिए । कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति भएसङ्गै उनैले उम्मेदवारका टिकटमा हस्ताक्षर गरेका छन् । नयाँ कार्यसमिति अमान्री भन्दै देउवा समूहले अदालतमा रिट दायर गरेको छ । आज उम्मेदवारी दर्ता हुनु अघि देउवाले उम्मेदवार नहुने बताएका हुन् ।

उता देउवाकी पत्नी आरजु राणाले पनि टिकट पाईनन । कैलाली जिल्लामा नेपाली कांग्रेसले आफ्ना उम्मेदवारहरूको नाम टुंगो लगाएको छ ।जिल्लाका ५ वटै निर्वाचन क्षेत्रमा कसलाई उठाउने भन्ने लामो रस्साकस्सी र छलफलपछि पार्टीले आधिकारिक उम्मेदवार चयन गरेको हो । यसपटक पुराना र प्रभावशाली आकांक्षीहरूलाई पछि पार्दै पाँच जना नेताले टिकट पक्का गरेका छन् । 
पार्टीले गरेको निर्णयअनुसार क्षेत्र नम्बर १ मा जनकराज चौधरीले टिकट पाएका छन् ।

यसअघि यहाँबाट ईश्वरी न्यौपाने, डा. रणबहादुर रावल, रामजनम चौधरी र बुद्धिसागर चौधरीजस्ता हस्तीहरूको नाम सिफारिस भएको थियो, तर पार्टीले अन्तिममा जनकराज चौधरीलाई नै विश्वास गरेको छ । यस्तै क्षेत्र नम्बर २ मा विजय स्वारले टिकट पाएका छन् । यो क्षेत्रबाट गोपाल बम, ललिता भट्ट, हिमबहादुर रावल लगायत आधा दर्जन बढी नेताहरूको नाम सिफारिस सूचीमा थियो, तर टिकट भने स्वारको हातमा परेको छ । क्षेत्र नम्बर ३ मा भिम बडुवाल उम्मेदवार बन्ने पक्का भएको छ ।

यहाँ खेमराज डंगौरा थारू, अविनाश चौधरी र झंकरबहादुर शाहको पनि दाबी थियो । पार्टीको बलियो पकड मानिने क्षेत्र नम्बर ४ मा नेता वीर बहादुर बलायरले टिकट पाएका छन् । यहाँ नैनसिंह महर, टेकराज जोशी (प्रदीप) र लोकराज पाण्डेय (आगो) जस्ता नेताहरू पनि सिफारिसमा परेका थिए । तर, बलायरकै नाममा सहमति जुटेको छ ।  सबैभन्दा धेरै चासोको रूपमा हेरिएको क्षेत्र नम्बर ५ (धनगढी क्षेत्र) मा नरनारायण शाह (मनु) ले टिकट सुरक्षित गरेका छन् । यो क्षेत्रबाट कांग्रेस नेतृ डा. आरजु राणा देउवा, नृपबहादुर वड र डिल्लीराज पन्तको नाम सिफारिस भएको थियो । आरजु राणाले भने टिकट पाइनन् ।