Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गुल्मी २ मा रास्वपा बाट पूर्वडिएसपी पन्थी र एमाले बाट विष्ट बिचको चुनावी भिडन्त पक्का

गुल्मी २ मा रास्वपा बाट पूर्वडिएसपी पन्थी र एमाले बाट विष्ट बिचको चुनावी भिडन्त पक्का

गुल्मी । गुल्मी क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेपाल प्रहरीका पूर्वडिएसपी गोविन्द पन्थी उम्मेदवार बनेका छन्। रास्वपा नेता गणेश पराजुलीले उनलाई सोमबार टिकट हस्तान्तरण गरेका हुन् ।

यता गुल्मी क्षेत्र नं २ बाट एमालेका उपाध्यक्ष गोकर्ण विष्ट उठ्ने  निश्चित भएको छ । विष्ट गुल्मीको क्षेत्र नं २ बाट एकल रुपमा सफिारिस भएका छन्।

सो क्षेत्र नेता विष्टले २०७९ को निर्वाचन जितेको क्षेत्र हो। त्यहाँबाट यसअघि नेकपा (एकीकृत समाजवादी) मा रहँदा रामकुमारी झाँक्री कांग्रेस–माओवादीसहितको गठबन्धनबाट प्रतिस्पर्धामा उत्रिएकी थिइन्।