काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापामा पुगेका छन्। उनी भद्रपुर विमानस्थलबाट आइपुगेका हुन् र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्नेछन्।

ओलीसँगै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पनि आजै झापा जाँदै छन्। जनकपुरमा आयोजित सभालाई सम्बोधन गरेपछि उनी त्यहाँ जाने रास्वपाले जानकारी दिएको छ।