Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

फागुन २१ को निर्वाचन तयारी तीव्र, कांग्रेसले आज उम्मेदवार छान्ने

फागुन २१ को निर्वाचन तयारी तीव्र, कांग्रेसले आज उम्मेदवार छान्ने

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संसदीय बोर्ड आज बैठकमा बस्ने भएको छ। पार्टीभित्रको छलफल अन्तिम चरणमा पुगेको र केही बेरमै बैठक सुरु हुने सहमहामन्त्री डा. डिला संग्रौला पन्तले जानकारी दिइन्।

उनका अनुसार अहिलेसम्म कुनै पनि निर्वाचन क्षेत्रको उम्मेदवार औपचारिक रूपमा टुंगिएको छैन। सबै पक्षलाई समेटेर सहमतिमा पुग्ने प्रयास भइरहेकाले निर्णयमा ढिलाइ भएको उनले स्पष्ट पारिन्। “अब बैठक बसेर उम्मेदवारको टुंगो लगाइन्छ,” उनले भनिन्।

पार्टी नेतृत्वले टिकट वितरणमा निवर्तमान सभापति समूह र डा. शेखर कोइराला पक्षबीच सन्तुलन कायम गर्ने प्रयास गरिरहेको पनि संग्रौलाले बताइन्। कांग्रेसले आन्तरिक एकता जोगाउँदै निर्वाचनमा जाने रणनीति बनाइरहेको संकेत यसबाट देखिएको छ।