Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मन्त्री जगदीश खरेल र बब्लु गुप्ताले अन्तत रोजे रास्वपा, छाड्ने भए आजै सरकार !

मन्त्री जगदीश खरेल र बब्लु गुप्ताले अन्तत रोजे रास्वपा, छाड्ने भए आजै सरकार !


सुशीला कार्कीको सरकारका दुईजना मन्त्रीहरु राजिनामा दिने तयारी रहेको पाईएको छ । उनीहरु हुन खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदिश खरेल । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका दुई मन्त्रीले आज राजीनामा दिने भएका हुन । गुप्ता र खरेल पनि रास्वपाका सम्भावित उम्मेदवारका रुपमा चर्चामा अहिले चर्चामा रहदै आएका छन ।  बब्लु गुप्ताले सिराहा १ र खरेलले ललितपुर २ मा दावी गरेको बुझिएको छ ।

घन्टी चुनाव चिन्ह लिएर लड्न चाहन्छन् । उनीहरुले चुनाव लड्नका लागि राजीनामा दिने जानकारी प्रधानमन्त्री सुशीला कार्कीलाई पनि गराइसकेको एक श्रोतले बताएको छ । जेनजी आन्दोलनपछि असोज ५ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा जगदीश खरेल नियुक्त भएका थिए । पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए ।

दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका थिए भने उनी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा विद्यावारिधी गरिरहेका छन् । यस्तै कार्तिक ९ गते जेनजीको प्रतिनिधित्व गर्दै बब्लु गुप्ता खेलकुद मन्त्री बनेका थिए । उजी सामाजिक अभियन्ता बब्लु गुप्ताले कोभिड महामारीमा निःशुल्क खाना र ‘कपडा बैंक’ अभियान सञ्चालन गरेर चर्चामा आएका थिए । 

चुनावमा उम्मेदवार बन्नकै लागि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र सुनसरीको धरान उपमहानगरपालिका मेयर हर्क सम्पाङले राजीनामा दिएका छन्। बालेन झापा ५ बाट र हर्क सुनसरी १ बाट उम्मेदवार बन्दैछन्। यस्तै चितवन महानगरकी मेयर रेणु दाहाल पनि राजीनामा दिएर प्रतिनिधि सभाका लागि चितवन ३ बाट उम्मेदवार बन्ने तयारीमा छन्।

मंगलबार (माघ ६ गते) प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवार दर्ताको कार्यसूची छ। दलहरु उम्मेदवार छनोटमा व्यस्त छन्। प्रमुख दलहरुले टिकट वितरण गरिरहँदा नेपाली कांग्रेस भने आन्तरिक झगडाले टुंगो लगाउन सकेको छैन। कांग्रेसले प्रत्यक्षतर्फको उम्मेदवार दर्ता गर्ने मिति केही पछि धकेल्न अनुरोध गरे पनि निर्वाचन आयोगले त्यसलाई अस्वीकार गरेको छ।