Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा

काठमाडौँका मेयर बालेन शाहले दिए पदबाट राजीनामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले महानगरपालिकाकी उपप्रमुखसमक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाएका छन्।

स्रोतका अनुसार, उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय बैठकमा सहभागी हुनुअघि राजीनामा दिएका हुन्। राजीनामा पत्रमा बालेनले उल्लेख गरेका छन्:

"नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम, म काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदबाट आजको मितिदेखि लागू हुने गरी स्वेच्छाले राजीनामा पेश गर्दछु। यस पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु। अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास–यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै, तपाईं तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु।"

बालेनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनका लागि मेयर पदबाट राजीनामा दिएका हुन्।

यसैबीच, दिउँसो बालेन तामझामसहित रास्वपाको केन्द्रीय कार्यालय, वनस्थलीस्थित घण्टीघर पुगेका थिए। कार्यलय प्रवेशको क्रममा रास्वपाका नेता तथा कार्यकर्ताहरूले उनलाई स्वागत गरेका थिए।

यस्तै, बालेन आज बस्ने केन्द्रीय समिति बैठकमा रास्वपाको वरिष्ठ नेताको रूपमा सहभागी हुनेछन्। बैठक सकिए लगत्तै बालेन, सभापति रवि लामिछाने र शीर्ष नेताहरू मधेस प्रदेशको राजधानी जनकपुरमा चुनावी अभियान सुरु गर्न प्रस्थान गर्ने कार्यक्रम छ।

raj.jpg