Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मेयर पदबाट राजीनामा नदिने भए बालेन शाह

मेयर पदबाट राजीनामा नदिने भए बालेन शाह

 काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मेयर पदबाट राजीनामा नदिने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको सचिवालयले दिएको जानकारी अनुसार कांग्रेसको घटनाक्रमलाई हेरेर मात्रै उनले राजीनामाबारे निर्णय लिने बताएका छन्।

मेयर बालेनले आज (माघ ४ गते) पदबाट राजीनामा नदिने स्पष्ट भएको छ। उम्मेदवारी दर्ता गरेपछि स्वतः मेयर पद खारेज हुने भएकाले उनले अहिले राजीनामा नदिने तयारी गरेका हुन्। राजीनामा नदिएरै बनस्थलीस्थित घण्टीघर जाने तयारी रहेको जानकारी उनका सल्लाहकारले दिएका छन्।