काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह आज रास्वपाको केन्द्रीय कार्यालय चमतीस्थित घण्टीघर जाने भएका छन् ।
रास्वपाका वरिष्ठ नेता समेत रहेको शाहले आज नै काठमाडौँ महानगरको मेयरबाट राजीनामा दिएर दिउँसो १ बजे रास्वपा पार्टी कार्यालय पुग्ने छन् ।
रास्वपा स्रोतका अनुसार पार्टी कार्यालयमा उनको भव्य स्वागत र शपथको तयारी भएको छ । रास्वपाले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा बालेनलाई झापा ५ बाट उम्मेदवार बनाउँदै छ ।