Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बासुदेव घिमिरे : रास्वपा जाने घुर्की देखाएर एमालेबाटै रुपन्देही–३ को टिकट हातपारे

बासुदेव घिमिरे : रास्वपा जाने घुर्की देखाएर एमालेबाटै रुपन्देही–३ को टिकट हातपारे

बुटवल । रुपन्देहीका एमाले नेता बासुदेव घिमिरे भाग्यमानी सावित हुँदै गएका छन् । केन्द्रीय सदस्यमा पराजित भएपछि पार्टी छोड्ने घोषणा गरेका उनी दुई दिनपछि पुनः एमाले फर्किए ।

केन्द्रका गतिविधि नरुचाएको भन्दै असन्तुष्टि पोखेका उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेलले एमालेमै फर्काए । 

रुपन्देही–३ मा पौडेलले आफूसहित सिफारिस पनि गराए । तर, पौडेल पाल्पा–२ झरे । घिमिरे रुपन्देही–३ बाट उमेदवार बने ।

२०४८ सालदेखि एमाले प्रवेश गरेका घिमिरे २०७४ मा रुपन्देहीको तिलोत्तमाको नगरपालिकाको प्रमुख भएका थिए भने २०७९ मा रुपन्देही–५ बाट प्रतिनिधिसभा सदस्य जितेका थिए ।
 
यद्यपि, २०७९ मा पनि घिमिरेले रुपन्देही–३ बाट नै टिकटका लागि लविङ गरे पनि ५ बाट पाएका थिए