काठमाडौँ । त्रिवेणी गाउँपालिका–१ मा शुक्रबार अपराह्नै एक घृणित घटना घटेको छ। ७४ वर्षीय गणेशबहादुर कामीले ६५ वर्षीया पत्नी पम्फा कामीको टाउको र हातमा सनासो प्रहार गरी हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरिप्रसाद पुनका अनुसार घटना लगत्तै अभियुक्तलाई हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको छ। प्रारम्भिक जानकारीअनुसार गणेशबहादुरले मादक पदार्थ सेवनको अवस्थामा श्रीमतीमाथि आक्रमण गरेका थिए।
प्रहरीले घटनाको थप विवरण संकलन गर्दै कारबाही अघि बढाएको जनाएको छ।