काठमाडौँ । बडीमालिका नगरपालिकामा घरको छतबाट खस्दा एक वृद्ध महिलाको ज्यान गएको छ। नगरपालिका–९ गैरीबजारकी ७२ वर्षीया कमला लुहारको शुक्रबार साँझ आफ्नै घरमा भएको दुर्घटनामा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार लुहार छतबाट खसेपछि छिमेकीहरूले तत्काल उद्धार गरी जिल्ला अस्पताल पुर्याएका थिए। तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि शव परीक्षणका लागि मृतकको शव जिल्ला अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।