Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अमेरिकी डलर ऐतिहासिक उच्चमा, राष्ट्र बैङ्कद्वारा नयाँ विनिमयदर सार्वजनिक

अमेरिकी डलर ऐतिहासिक उच्चमा, राष्ट्र बैङ्कद्वारा नयाँ विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा पुगेको जनाएको छ। नयाँ दरअनुसार एक अमेरिकी डलरको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा कायम गरिएको छ।

अन्य प्रमुख मुद्रामा युरोको खरिददर १६८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा, पाउण्ड स्ट्रलिङको खरिददर १९४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३१ पैसा तथा स्वीस फ्रयाङ्कको खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७१ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर ९७.३२/९७.७२, क्यानेडियन डलर १०४.४९/१०४.९२ र सिङ्गापुर डलर ११२.७०/११३.१६ रुपैयाँमा कारोबार हुनेछ। यस्तै, जापानी येन १० को दर ९.१८/९.२१, चिनियाँ युआन २०.८२/२०.९० र साउदी रियाल ३८.६९/३८.८५ रुपैयाँ निर्धारण गरिएको छ।

केन्द्रीय बैङ्कका अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० र बिक्रीदर १६०.१५ रुपैयाँ रहेको छ। विनिमयदर आवश्यकताअनुसार जुनसुकै बेला संशोधन हुन सक्ने र वाणिज्य बैङ्कको दर फरक पर्न सक्ने राष्ट्र बैङ्कले स्पष्ट पारेको छ।