काठमाडौँ । उज्यालो नेपाल पार्टीले १६५ क्षेत्रमै उम्मेदवारी दिने घोषणा गरेको छ। रवि र बालेन संग अल्लगिएका कुलमानले देशभरका सबै क्षेत्रबाट चुनावमा होमिने निर्णय गरेका हुन्।
धेरैले उनलाई प्रचण्डको नेपाली कम्युनिष्ट पार्टीमा मिल्छन् होला भन्ने अनुमान पनि गरेका थिए तर कुलमानले कुनै पार्टीसंग एकता नगरी एक्लै चुनावमा होमिने निर्णय गरेका छन् ।
अध्यक्ष घिसिङले भनेका छन्, ‘उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढिरहेको र भविष्यमा पनि त्यसैगरी अघि बढ्ने स्पष्ट जानकारी गराउन चाहन्छु ।’ १६५ क्षेत्रमै उम्मेदवार दिने घोषणा गरेसंगे उज्यालो नेपाल पार्टीले केही जिल्लामा योग्य उम्मेदवारको खोजी गरिरहेको छ