Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रमुख जिल्ला अधिकारीसहित गृहका कर्मचारीको सरुवा

प्रमुख जिल्ला अधिकारीसहित गृहका कर्मचारीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ । 

मन्त्रालयले सोमबारको निर्णयअनुसार डोल्पाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भीमराज कोइरालालाई पाँचथरको सहायक प्रजिअमा र बझाङका प्रजिअ कैलाशबहादुर ठकुराठीलाई दैलेखको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको जनाएको छ ।

सोमबार साँझ सार्वजनिक गरिएको सरुवा तथा पदस्थापन विवरणअनुसार मन्त्रालयका उपसचिव जुनु हमाल ढकाललाई डोल्पाको प्रजिअ, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेशकुमार केशरीलाई बझाङको प्रजिअ तथा गृह मन्त्रालयका उपसचिव नवराज बराललाई बागलुङको सहायक प्रजिअमा पदस्थापन गरिएको छ । 

यस्तै, मन्त्रालयका उपसचिव भविश्वर घिमिरेलाई कपिलवस्तुको सहायक प्रजिअ, उपसचिव कृष्णप्रसाद गैरेलाई धनुषाको सहायक प्रजिअमा पठाइएको छ भने बागलुङका सहायक प्रजिअ जनकराज पन्तलाई गृह मन्त्रालयमा ल्याइएको छ ।