Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बैतडीमा जिप दुर्घटना, ३ को मृत्यु

बैतडीमा जिप दुर्घटना, ३ को मृत्यु

काठमाडौँ । जयपृथ्वी राजमार्गमा आज बिहान भएको जिप दुर्घटनाले बैतडीलाई शोकमा डुबाएको छ। पाटन नगरपालिका–८ स्थित विजयपुर नजिकै सुर्नया गाउँपालिका–६ मोतिनगरबाट डडेल्धुरातर्फ जाँदै गरेको म१ज २२४ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो।

 घाइतेहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको खोडपे प्रहरी चौकीका इन्चार्ज उदयसिंह कठायतले जानकारी दिएका छन्। जिपमा करिब १० जना सवार रहेको बताइएको छ भने मृतकहरूको पहिचान हालसम्म खुल्न सकेको छैन।