Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र १० बजेदेखि सुरु हुँदै

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र १० बजेदेखि सुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गतको बन्दसत्र आज बिहानबाट सुरु हुने भएको छ । बिहान १० बजेबाट बन्दसत्र सुरु हुने भएको हो ।

विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा आइतबार उद्घाटन भएको थियो । 

विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । दोस्रो विशेष महाधिवेशन सचिवालयका अनुसार प्रदेशगत र भातृ शुभेच्छुक एवं जनसम्पर्क समितिबाट आएका २६ सय ६२ प्रतिनिधिले प्रतिनिधिले नाम दर्ता गराएका हुन् । 

कोसीबाट ४२५, मधेसबाट ४४६, वाग्मतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिमबाट १५८, उपत्यकाबाट १७८ र भातृ, शुभेच्छुक र जनसम्पर्कबाट १९५ प्रतिनिधिले नाम दर्ता गराएका छन् । 

कांग्रेस महामन्त्री गगन थापाले महाधिवेशनले चाह्यो भने नीति र नेता बदल्न सक्ने बताएका छन् ।