Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मनहरीमा ट्रक–मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

मनहरीमा ट्रक–मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा आज दिउँसो भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ८९२१ नम्बरको ट्रक र मनहरीबाट ज्यामिरेतर्फ आउँदै गरेको ना ४६ प ६०२८ नम्बरको मोटरसाइकल ठोक्किँदा मनहरी गाउँपालिका–७ का ४० वर्षीय सूर्यबहादुर मोक्तान गम्भीर घाइते भएका थिए।

घाइते मोक्तानलाई मनहरी अस्पतालमा प्राथमिक उपचारपछि चितवनको पुरानो मेडिकल कलेज रिफर गरिएको थियो। उपचारकै क्रममा दिउँसो करिब ३ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा संलग्न ट्रक र चालक हेटौंडा उपमहानगरपालिका–११ का ५४ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।