Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपाको समानुपातिक सूचीबाट सहमहान्त्री आचार्य बाहिरिए

रास्वपाको समानुपातिक सूचीबाट सहमहान्त्री आचार्य बाहिरिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहान्त्री विपिनकुमार आचार्यले समानुपातिक सांसद सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। उनले आइतबार निर्वाचन आयोगमा नाम फिर्ताको प्रक्रिया पूरा गरेका हुन्।

आचार्य रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा खसआर्यतर्फ पहिलो स्थानमा थिए। उनको नाम फिर्तासँगै रास्वपाको समानुपातिक सूचीबाट हट्नेको संख्या १३ पुगेको छ।

यसैबीच, आचार्यले अब आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने घोषणा गरेका छन्।