Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गायक–अभिनेता प्रशान्त तामाङको ह्रदयघातका कारण निधन

गायक–अभिनेता प्रशान्त तामाङको ह्रदयघातका कारण निधन

काठमाडौं । चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आज निधन भएको छ। दिल्लीस्थित आफ्नै अपार्टमेन्टमा आज बिहान उनको मृत्यु भएको हो ।

प्रशान्त तामाङनिधन भएको गायक प्रमोद खरेलले जानकारी गराएका छन । उनी आफनो फेसबुकमा यो दुखद खबर शेयर गर्दै लेख्छन 

कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्न पर्यो ॥
प्रिय Prashant Tamang हामी बीच रहनु भएन छ ।
उफ.. वैकुण्ठ मा वास होस ।

प्रारम्भिक जानकारीअनुसार तामाङको मृत्यु कार्डियो अट्याकका कारण भएको बताइएको छ। इन्डियन आइडलको उपाधि जितेर चर्चामा आएका तामाङ नेपालमा पनि अत्यन्त लोकप्रिय थिए।

उनले गाएका थुप्रै नेपाली गीतहरू दर्शक–श्रोतामाझ चर्चित छन्। तामाङको असामयिक निधनले संगीत र चलचित्र क्षेत्र शोकमा डुबेको छ।