Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

उच्च अदालत पाटनको रायमाझीको थुनामुक्त निवेदनमा कैफियत प्रतिवेदन माग

उच्च अदालत पाटनको रायमाझीको थुनामुक्त निवेदनमा कैफियत प्रतिवेदन माग

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनमा रहेका एमाले नेता टोपबहादुर रायमाझीको थुनामुक्त निवेदनमा जिल्ला अदालत काठमाडौंको कारागार पठाउने आदेशको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ।

रायमाझीले जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्न उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतका न्यायाधीश गोपाल प्रसाद बास्तोलाले प्रारम्भिक सुनुवाइ गर्दै उक्त आदेश जारी गरेका हुन्।

जिल्ला अदालतले १ असार २०८० मा रायमाझीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो। त्यसपछि पुस ११ गते उनले थुनामुक्त हुने निवेदन दिएको भए पनि अदालतले अस्वीकृत गर्‍यो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसहित १६ जनालाई कारागार चलान गरिएको थियो। त्यसमध्ये नेपाली कांग्रेस नेता र पूर्वगृहमन्त्री बालकृष्ण खाँण धरौटी बुझाएर थुनामुक्त भइसकेका छन्। तर रायमाझी दुई वर्षदेखि कारागारमै रहेका छन्।

नेछ।