Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी अझै बेपत्ता

कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी अझै बेपत्ता

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते कैलाली कारागारबाट फरार भएका कैदीबन्दीमध्ये २२६ जना अझै सम्पर्कबाहिर रहेका छन्। कारागार प्रशासनका अनुसार हालसम्म ४० महिला र ३९८ पुरुष गरी ४३८ कैदीबन्दी मात्र कारागार फर्किएका छन्।

कारागार प्रमुख चिरञ्जीवी सापकोटाले फरारमध्ये एक कैदीबन्दीले भागेकै अवस्थामा आत्महत्या गरेको जानकारी दिए। बाँकी फरार रहेकामध्ये १९ जना भारतीय नागरिक रहेको पनि उनले बताए।

प्रशासनका अनुसार सो दिन कारागारमा कुल ६६७ कैदीबन्दी थिए, जसमा ५८ महिला थिए। प्रदर्शनका क्रममा ६६५ जना भागेका थिए भने एक जना उपचाररत रहेकाले भाग्न सकेनन् र एक जना भने कारागारमै रहेका थिए। फर्किएकामध्ये अधिकांश आफैं सम्पर्कमा आएको र केहीलाई प्रहरीले पक्राउ गरी बुझाएको सापकोटाले बताए।

कारागार प्रशासनले फरार कैदीबन्दीलाई आत्मसमर्पण गर्न सूचना जारी गरेको छ भने प्रहरी टोलीले उनीहरूको खोजीलाई तीव्र बनाएको जनाएको छ।