Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जेन जी आन्दोलनका बेला फरार कैदी ताप्लेजुङमा पक्राउ

जेन जी आन्दोलनका बेला फरार कैदी ताप्लेजुङमा पक्राउ

काठमाडौँ । जेन जी आन्दोलनको समयमा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदीलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धीचरण नगरपालिका निवासी २७ वर्षीय अमृत मगर रहेका छन्। जिल्ला प्रहरी प्रमुख डिएसपी बेदप्रसाद गौतमका अनुसार मगर जिल्लास्थित एक जलविद्युत् परियोजनामा लुकिछिपी बसेको अवस्थामा विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो।

अदालतबाट जबरजस्ती करणी उद्योग मुद्दामा १८ वर्षको कैद सजाय पाएका मगरले केन्द्रीय कारागारमा १८ महिना सजाय भुक्तान गरिसकेका थिए। उनी जेन जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए।