काठमाडौँ । डडेल्धुरा अस्पताल विकास समितिले आजदेखि आकस्मिक बाहेक अन्य सबै सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।
अस्पताल प्रशासनका अनुसार, समिति अध्यक्ष करूणाकर ओझामाथि पुस २३ गते दिउँसो कार्यकक्षमा ने.क.पा. बहुमतको नाम लिएका केही व्यक्तिहरूले दुव्र्यवहार गरेका थिए। घटनापछि कर्मचारीको मनोबल कमजोर भएकाले सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको हो।
अस्पतालले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ। अस्पतालले यस घटनाले सेवा प्रवाहमा प्रत्यक्ष असर पारेको र कर्मचारी तथा पदाधिकारीको मनोबलमा गिरावट आएको पनि जनाएको छ।
