Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सिनामंगल–गोंगबु बस यात्रुबाट २ लाख ७५ हजार चोरी, चारजनालाई पक्राउ

सिनामंगल–गोंगबु बस यात्रुबाट २ लाख ७५ हजार चोरी, चारजनालाई पक्राउ

काठमाडौं । सिनामंगलबाट गोंगबु जाँदै गरेका एक यात्रुबाट २ लाख ७५ हजार रुपैयाँ चोरी भएको छ। ३७ वर्षीय दीपेन्द्र शर्माले मयूर यातायातको बस चढेका थिए। मित्रपार्क पुग्नुअघि उनका साथ रहेको कालो साइड ब्याग गायब भएको थियो।

शर्माले २३ पुसमा प्रहरी वृत्त गौशाला मा जाहेरी दिएपछि अनुसन्धानमा खटिएको टोलीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं दक्षिणकाली–२ का ३७ वर्षीय सरोज खड्का, काभ्रे महाभारत–७ का ४२ वर्षीय विकास लामा, तनहुँका ३३ वर्षीय राजु गुरुङ र ललितपुरका ३३ वर्षीय सुवास मगर रहेका छन्।