Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शङ्खरापुर बस दुर्घटना: मृतकको संख्या पाँच पुग्यो

शङ्खरापुर बस दुर्घटना: मृतकको संख्या पाँच पुग्यो

काठमाडौं । साँझको यात्राले दुःखद मोड लिँदा काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ भने ३३ जना घाइते भएका छन्।

बा ४ ख ८७८८ नम्बरको बस बुधबार साँझ दुर्घटनामा परेको हो। घाइतेमध्ये गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीका अन्दाजी ५५/६० वर्षीय अर्जुन लामिछानेको उपचारका क्रममा गएराति साढे १२ बजे मृत्यु भएपछि मृतक संख्या बढेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन भट्टराईले जानकारी दिए।

यसअघि बाँकेको कोहलपुर–५ घर भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ पाथीभरा–५ घर भई बूढानीलकण्ठ–७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिरहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता र पाँचथर घर भई हाल गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बुको मृत्यु भइसकेको थियो।

नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीको पिकनिकबाट फर्किंदै गर्दा दुर्घटना भएको उक्त बसमा सवार अन्य घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी छ।