काठमाडौँ । मध्यबिन्दु–११, बाउनीकुना लक्ष्मीचोक नजिकै रहेको अरुणखोलामा एक महिलाको शव फेला परेपछि क्षेत्र तनावग्रस्त बनेको छ। घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।
प्रहरीका अनुसार हाल शवको सनाखत प्रक्रिया जारी छ भने मृतकको पहिचान खुल्न सकेको छैन। घटनाको प्रकृतिलाई हेर्दा हत्या भएको हुन सक्ने आशंका गरिएको छ।
घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।