Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

डडेल्धुरामा अध्यक्षमाथि कार्यकक्षमै मोसो प्रहार, चार जना फरार

डडेल्धुरामा अध्यक्षमाथि कार्यकक्षमै मोसो प्रहार, चार जना फरार

काठमाडौँ । अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा बुधबार दिउँसो आफ्नै कार्यकक्षमा चार जनाको आक्रमणको शिकार बने। आफैँलाई नेकपा बहुमत कार्यकर्ता बताउने ती व्यक्तिहरूले ओझालाई मोसो प्रहार गरेका थिए ।

ओझाले भने, “मसँग सामान्य कुराकानी गर्दै थिएँ, पानी पिउँ भनी कुरा गरिरहेको थिएँ। अचानक मोसो प्रहार सुरु भयो।” उनले थपे, कानुनी प्रक्रिया अपनाउनु पर्ने भए पनि यस प्रकारको गैरकानुनी हर्कत स्वीकार्य छैन।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाका अनुसार, आक्रमणकारीहरू घटनापछि जंगलतर्फ भागेका छन् र छिट्टै पक्राउ पर्ने विश्वास व्यक्त गरे।