काठमाडौँ । पाटन बजारमा आज पाँचजना खैरो हिरोइनसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूका अनुसार उनीहरूलाई पक्राउ गर्दा करिब २५० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको थियो।
पक्राउ परेका मध्ये एक व्यक्ति नावालक रहेको जनाइएको छ। अनुसन्धानको लागि अदालतबाट अनुमति लिएर सबैलाई हिरासतमा राखिएको छ।