काठमाडौँ । सुर्खेतमा अवैध रूपमा संकलन गरिएको ठूलो परिमाणको जडीबुटी फेला परेको छ। लेकबेशी नगरपालिका–८ स्थित आरनटुडामा मंगलबार राति करिब ८ बजे एक घरमा छापा मार्दा करिब ७ टिप्पर बराबरको गुर्जो गानो बरामद गरिएको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ।
वन कार्यालयको टोलीले जडीबुटी अवैध रूपमा संकलन र भण्डारण गरिएको आशंकामा ६५ वर्षीय वीर सिंह नेपालीलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ। बरामद जडीबुटीलाई वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलीस्थित सशस्त्र वन सुरक्षा पोस्ट काक्रेबिहारमा सुरक्षित राखिएको छ।
डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख राधाकृष्ण दासका अनुसार ठूलो परिमाणमा जडीबुटी फेला परेकाले घटनालाई गम्भीर रूपमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।