काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रामेछाप एमालेले पनि उम्मेदवार सिफारिस गरेको छ ।
पुस २२ गते बसेको जिल्ला कमिटिको छैटौँ पूर्ण बैठकले ८ जनाको नाम सिफारिस गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राकेश श्रेष्ठले जानकारी दिए ।
वर्णनाक्रमअनुसार भनिएको सिफारिसको पहिलो नम्बरमा केन्द्रीय सदस्य तथा पूर्व पोलिटब्युरो सदस्य कमल प्रसाद चौलागाईँ छन् ।
त्यस्तै केशरबहादुर बुढाथोकी, कैलाश प्रसाद ढुंगेल, गीता कार्की, पर्शुराम बस्नेत, माधवप्रसाद ढुंगेल, रत्नप्रसाद गौतम र शान्तिप्रसाद पौडेल छन् ।
undefined