Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौँ महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले पाए भ्रष्टाचार मुद्दामा सफाई

काठमाडौँ महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले पाए भ्रष्टाचार मुद्दामा सफाई

काठमाडौँ । काठमाडौँ महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भ्रष्टाचार मुद्दामा सफाई पाएका छन्। उनी सहित ७ जनाले भ्रष्टाचार मुद्दामा सफाई पाएका हुन् ।  मंगलबार विशेष अदालत, काठमाडौँले सातै जनालाई सफाइ दिएको हो। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले भ्रष्टाचार मुद्दामा सातै जनाले सफाई पाउने फैसला गरेको छ। 

अख्तियारले काठमाडौँ महानगरपालिकाको सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परिसारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।