Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पुराना दललाई रविको चेतावनी- मलाई पुर्न खनेको खाल्डोमा तपाईंहरू नपरी सुखै छैन

पुराना दललाई रविको चेतावनी- मलाई पुर्न खनेको खाल्डोमा तपाईंहरू नपरी सुखै छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई राज्यशक्तिको दुरुपयोग गरी फसाइएको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा लामिछानेले आफूलाई पुर्नका लागि भनेर पुराना दल र नेताहरूले ठूलो खाल्डो खनेको उनको भनाइ थियो । अब उक्त खाल्डोमा उनीहरू पनि नपरी सुख नभएको लामिछानेले चेतावनी दिए ।

"राज्यसत्ताको चरम दुरुपयोग गरेर यति ठूलो खाल्डो खनियो कि, मैले भनेकै थिएँ- मलाई पुर्न ६ साढे ६ फिटको खाल्डो खनेको भए खासै ठूलो फरक पर्दैनथ्यो," लामिछानेले भने, "तर, यति ठूलो खाल्डो खन्नुभयो कि अब तपाईंहरू सबै नपुरीकन सुखै छैन । हामीले पुर्ने होइन । खाल्डो त तपाईंहरूले नै खन्नुभएको हो ।"

उनले संख्याको दम्भ देखाएर नागरिकका मुद्दाहरूलाई दमन गरेको बताए । संख्याको बलमा आफूहरूलाई हेपेको र माइकको लाइन काटेको उनले बताए ।

उनले संसद के-का लागि ब्युँताउन खोजेको भन्दै प्रश्न गरे । उनले आफू सहकारीको बाटो नहिँडेको भन्दै जबर्जस्ती प्रमाण छ भनेर लखेटिएको बताए । उनले भिजिट भिसामा छानबिन गर्न आयोग गठन गर्न माग गर्दा माइकको लाइन काटिएको बताए ।