Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राष्ट्रियसभा उमेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

राष्ट्रियसभा उमेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

काठमाडौंं । नेकपा (एमाले)को सचिवालय बैठक आज (मंगलबार) बस्दै छ । 

बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उमेदवारीका विषयमा छलफल हुने एमाले सचिव भानुभक्त ढकालले जानकारी दिए ।

“बैठकबाट राष्ट्रियसभाको निर्वाचनका विषयमा टुंगो लाग्ला,” सचिव ढकालले भने । 

माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति पुस २३ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिँदै छ । राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच तालमेलबारे नेताहरूले छलफल गरिरहेका छन् ।