Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सरकारी वेबसाइट ह्याक प्रकरण: झापा र सिन्धुपाल्चोकका २ युवक पक्राउ

सरकारी वेबसाइट ह्याक प्रकरण: झापा र सिन्धुपाल्चोकका २ युवक पक्राउ

काठमाडौं । विभिन्न सरकारी वेबसाइटहरू ह्याक गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको मेचीनगर–९ घर भएका २० वर्षीय सन्तोष चिमरिया र सोही ठाउँका १९ वर्षीय विकास पौडेल रहेका छन्।

केन्द्रीय साइबर ब्यूरोको टोलीले चिमरियालाई झापाबाट र पौडेललाई सिन्धुपाल्चोकबाट नियन्त्रणमा लिएको हो। उनीहरूले निर्वाचन आयोग, नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक गरेको आरोप छ।

यस घटनामा सीएमडी नेपाल र नेपाली फर नेपाल समूहले आफूले कार्यमा संलग्न रहेको दाबी गर्दै आएको थियो। पक्राउ परेकाहरूको बसतबाट ४ थान ल्यापटप, १० थान एन्ड्रोइड मोबाइल, १ थान आइफोन, फिचर फोन, हार्ड ड्राइभ र रिपिटर बरामद गरिएको साइबर ब्यूरोका प्रवक्ता दीपक राज अवस्थीले जानकारी दिए।