Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बुद्ध एयरको जहाज दुर्घटना भएपछि रनवे घटाएर भद्रपुर विमानस्थल सञ्चालनमा

बुद्ध एयरको जहाज दुर्घटना भएपछि रनवे घटाएर भद्रपुर विमानस्थल सञ्चालनमा

काठमाडौँ । शुक्रबार राति बुद्ध एयरको जहाज दुर्घटना भएपछि रनवे घटाएर भद्रपुर विमानस्थल सञ्चालनमा ल्याइएको छ।  विमानस्थल प्रमुख किशोरकुमार खत्रीका अनुसार दुर्घटनाग्रस्त जहाजको पछिल्लो भाग अफ(ट्रयाकमा परेकाले १ हजार ५ सय मिटरको रनवे घटाएर हाल १ हजार ४ सय मिटरमा विमान सञ्चालन भइरहेको छ।

काठमाडौँबाट भद्रपुर आएका बुद्ध एयरका एटीआर(७२ जहाज शुक्रबार राति ९ बजेर १० मिनेटमा अवतरणका क्रममा रनवेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई दुर्घटनामा परेको थियो। जहाजमा ५१ यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए।

दुर्घटनामा को(पाइलट सुशान्त श्रेष्ठसहित सात जना यात्रु घाइते भएका छन्। को(पाइलट श्रेष्ठको टाउको र अनुहारमा चोट लागेको छ भने अन्य घाइते उपचारपछि डिस्चार्ज भइसकेका छन्। हाल दुर्घटनाग्रस्त विमानलाई रनवेबाट हटाउने कार्य भइरहेको छ।