Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

“खान पुगोस्, दिन पुगोस्” अभियान नेपालद्वारा डोटीका ५४४ बालबालिकालाई न्यानो कपडा वितरण

“खान पुगोस्, दिन पुगोस्” अभियान नेपालद्वारा डोटीका ५४४ बालबालिकालाई न्यानो कपडा वितरण

 डोटी । “खान पुगोस्, दिन पुगोस्” अभियान नेपालले चिसो मौसमलाई लक्षित गर्दै डोटीको जोरायल गाउँपालिका–५ गड्सेराका ५४४ बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ। शुक्रबार जोरायल गाउँपालिका–५ गड्सेराका ६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई स्विटर र टोपी वितरण गरिएको हो। कार्यक्रम सहजकर्ता नेत्र खडायतका अनुसार, नेपाल निजामती कर्मचारी युनियन कैलालीको सहकार्य तथा विभिन्न सहयोगी व्यक्तिहरूको सहयोगमा नवोदय माध्यमिक विद्यालय, महाकाली माध्यमिक विद्यालय, जनता आधारभूत विद्यालय, महेन्द्र आधारभूत विद्यालय, नवज्योति आधारभूत विद्यालय र जनप्रिय आवासीय आधारभूत विद्यालयमा स्विटर र टोपी वितरण गरिएका छन् ।

उक्त अभियानअन्तर्गत धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले ती ६ वटै सामुदायिक विद्यालयका लागि ४२ हजार रुपैयाँ बराबरको भलिबल र नेट सहयोग गरिएको छ। यस्तै शैक्षिक अभिवृद्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले जोरायल गाउँपालिका–५ भित्रका सामुदायिक विद्यालयतर्फ कक्षा ८ को अन्तिम परीक्षामा उत्कृष्ट न्एब् हासिल गर्ने १ जना छात्रा र १ जना छात्रलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने व्यवस्था सहित नवोदय माध्यमिक विद्यालयमा २ लाख १ हजार रुपैयाँ बराबरको अक्षय कोष स्थापना गरिएको छ। उक्त कोषको ब्याज रकमबाट प्रत्येक वर्ष नगद पुरस्कार वितरण गरिने सहजकर्ता नेत्र खडायतले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशका सचिव डा। हेमराज रेग्मीले “खान पुगोस्, दिन पुगोस्” अभियानले गरेका कार्यहरूको प्रशंसा गर्दै विद्यार्थी लक्षित यस्ता सहयोगले शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने र समाजमा सकारात्मक सन्देश फैलाउने बताए । अभियानका संयोजक घनश्याम भट्टले सबैसँग हातेमालो गर्दै सामाजिक सेवाका कार्यलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

६ वटै विद्यालयको सहभागितामा गड्सेरास्थित महेन्द्र आधारभूत विद्यालयमा कार्यक्रम आयोजना गरिएको थियो। न्यानो कपडा सहयोगप्रति विद्यालय प्रशासनले अभियानप्रति धन्यवाद व्यक्त गरेका थिए। महेन्द्र आधारभुत बिधालय ब्यवस्थापन समितिका अध्यक्ष बल बहादुर देउवाको अध्यक्षता कार्यक्रम संचालन भएको थीयो साथै कार्यक्रममा जोरायल गाउँपालिका–३ का वडाध्यक्ष नवीन ओझा, गाउँपालिकाका शिक्षा शाखा अधिकृत तेज खत्री , नेपाल निजामती कर्मचारी युनियन कैलालीका अध्यक्ष निर्मल देउवा, गड्सेरा समाजका अध्यक्ष भोजबहादुर शाह, शिक्षक, समाजसेवी, विद्यार्थी, अभिभावक लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।