Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गगन र विश्वप्रकाश शर्मा सहित यी नेताले वैशाखमा महाधिवेशन गर्ने निर्णयमा राखे फरक मत

गगन र विश्वप्रकाश शर्मा सहित यी नेताले वैशाखमा महाधिवेशन गर्ने निर्णयमा राखे फरक मत

काठमाडौँ । कांग्रेसको महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने कार्यसम्पादन समितिको निर्णयमा ५ नेताले फरक मत राखेका छन् ।  महाधिवेशन तालिका परिवर्तन गरी वैशाख २८–३१ मा गर्ने पारित गर्दा ३ पदाधिकारीसहित ५ नेताले फरक मत राखेका हुन् । 

निर्णयमा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुरले फरक मत राखेका छन् । त्यस्तै कार्यसम्पादन समिति सदस्य अर्जुननरसिंह केसी र उमा रेग्मीले पनि फरक मत राखेका छन् । बैठकपछि महामन्त्री थापाले आफूहरूले फरक मत राखेको पनि जानकारी दिए ।