Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपाको समानुपातिक उम्मेदवारबाट किन पछि हटिन् गायिका त्रिशला गुरुङ ?

रास्वपाको समानुपातिक उम्मेदवारबाट किन पछि हटिन् गायिका त्रिशला गुरुङ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सँग एकता गरेको उज्यालो नेपाल पार्टीबाट आगामी फागुन २१ को प्रतिनिधिसभा चुनावमा समानुपातिक उम्मेदवारको सूचीमा परेकी गायिका तथा डा.त्रिशला गुरुङ पछि हटेकी छिन्। उनले फेसबुकमा एक स्टाट्स लेख्दै उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जनाएकी छिन् ।  गहन आत्ममूल्यांकन पश्चात  उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको उनको भनाइ छ।

‘उज्यालो नेपाल पार्टी बाट समानुपातिक प्रतिनिधित्वका लागि उम्मेदवारका रूपमा सिफारिस गरिनु मेरो लागि ठूलो सम्मान र जिम्मेवारीको विषय हो। यस अवसरका लागि पार्टी नेतृत्व, सम्बन्धित निकाय तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति म हार्दिक आभार व्यक्त गर्दछु’, उनले लेखेकी छिन्, ‘यद्यपि, गहन आत्ममूल्यांकन पश्चात मैले उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु। यस निर्णयको मूल कारण भनेको मेरो पेशागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्‍याउने मेरो दृढ संकल्प हो।’

 राजनीतिक पदमा नरहँदा पनि समाज, स्वास्थ्य क्षेत्र र समुदायको आवाजका रूपमा आफ्नो क्षमता र विवेकअनुसार निरन्तर योगदान पुर्‍याइरहने उनको दाबी छ।