Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गोदावरीमा नयाँ वर्षको दिन लागुऔषधसहितको अवैध पार्टीमा प्रहरी छापा, ६ विदेशीसहित ९ जना पक्राउ

गोदावरीमा नयाँ वर्षको दिन लागुऔषधसहितको अवैध पार्टीमा प्रहरी छापा, ६ विदेशीसहित ९ जना पक्राउ

काठमाडौँ । ललितपुरको गोदावरीमा आयोजित लागुऔषधसहितको ‘म्युजिकल पार्टी’मा प्रहरीले छापा मारेर नौ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा छ विदेशी र तीन नेपाली रहेका छन्।

लागुऔषध नियन्त्रण ब्युरोले अंग्रेजी नयाँ वर्षको अवसरमा बिसंखु नारायणस्थित एक रिसोर्टमा बुधबार राति छापा हानेको हो। ‘महामाया मन्त्र इन्भेट’ नाम दिइएको ७२ घण्टे पार्टी आयोजना गरिएको सूचनाका आधारमा कारबाही गरिएको प्रहरीले जनाएको छ।

छापाका क्रममा पाँच भारतीय, एक ग्रिस नागरिक र तीन नेपालीलाई नियन्त्रणमा लिइएको छ। उनीहरूबाट एसएसडी, गाँजा, चरेश र म्याजिक मसरुमजस्ता लागुऔषध बरामद भएको ब्युरोका एसपी जनकबहादुर शाहीले जानकारी दिए।