Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गोरखा–२ मा एमालेबाट चक्रे मिलन सिफारिस, उम्मेदवारीले चर्कियो बहस

गोरखा–२ मा एमालेबाट चक्रे मिलन सिफारिस, उम्मेदवारीले चर्कियो बहस

काठमाडौँ । गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले मिलन गुरुङ (चक्रे मिलन) लाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

आपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिका रूपमा चिनिएका गुरुङको सिफारिसपछि राजनीतिक वृत्तमा चर्चा र बहस सुरु भएको छ। गुरुङले भने उम्मेदवारी आफ्नो व्यक्तिगत चाहनाभन्दा पनि जनसमुदाय, विशेषगरी युवा र जेनजी पुस्ताको निरन्तर आग्रहका कारण अघि बढेको दाबी गरेका छन्।