Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

समानुपातिक बन्दसूची सच्याउने समय तोकियो, ७ दिनको समय

समानुपातिक बन्दसूची सच्याउने समय तोकियो, ७ दिनको समय

काठमाडौँ । काठमाडौँमा आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्न समय निर्धारण गरेको छ। आयोगका अनुसार पुस २१ देखि २७ गतेसम्म दलहरूले बन्दसूची संशोधन गर्न सक्नेछन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरूले समानुपातिक तर्फको बन्दसूची पुस १३ र १४ गते आयोगमा बुझाइसकेका छन्। ती सूचीको छानबिनपछि सच्याउन आवश्यक देखिएकाले पुस १५ गते दलहरूलाई औपचारिक जानकारी गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।

उनका अनुसार बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारले पुस २८ गते निवेदन दिनुपर्नेछ। आयोगले पुस २९ गते फिर्ता लिइएका नामबारे सम्बन्धित दललाई जानकारी गराउनेछ। फिर्ता भएका नामको सट्टा सोही समूहका अर्का उम्मेदवार मनोनयन गरी कात्तिक ३० गतेसम्म आयोगमा नामावली पेस गर्न सकिने व्यवस्था गरिएको छ।

आयोगले माघ ४ गते उम्मेदवारको नामावली प्रकाशन गर्नेछ। त्यसपछि माघ ५ देखि १० गतेसम्म उम्मेदवारको योग्यतासम्बन्धी दाबी–विरोध दर्ता गर्न सकिनेछ। प्राप्त उजुरीमाथि माघ ११ देखि १७ गतेसम्म छानबिन गरी निर्णय लिइने आयोगले जनाएको छ।

अन्ततः माघ १९ गते बन्दसूचीबाट हटाइएका उम्मेदवारको सूचना प्रकाशित गरिनेछ भने माघ २० गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ।