Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काउन्सिल र पि.स.बी.एन.बिच छलफलरअन्तरक्रिया

काउन्सिल र पि.स.बी.एन.बिच छलफलरअन्तरक्रिया

काठमाडौँ-
प्रेस काउन्सिल नेपाल र सार्वजनिक सेवा प्रसारण नेपाल पि.स.बी.एन बिच बिहिबारपत्रकार आचारसंहिता, समाचार सम्प्रेषण तथा पत्रकारिताको अभ्यासमा देखिएका चुनौतीलगायतका विषयमा छलफलरअन्तरक्रिया भयो ।

पि।एस।बी।एन।को निमन्त्रणामा काउन्सिल अध्यक्ष डा.कुमार शर्मा आचार्यको नेतृत्वमा गएको टोली र पि।एस।बी।एन।का कार्यकारी अध्यक्ष डा। महेन्द्र विष्टसहितको टोलीबिच उक्त छलफल÷अन्तरक्रिया भएको हो ।  छलफल÷अन्तरक्रियाका क्रममा काउन्सिल अध्यक्ष डा.आचार्यले आफू काउन्सिलमा नयाँ सोच र कार्यशैली लिएर आएको बताउँदै काउन्सिललाई यही रुपमा अघि बढाउने प्रतिबद्धता जाहेर गर्नुभयो । 

‘म काउन्सिलमा अधिकार प्रयोग गर्न आएको होइन, कर्तव्य पालना गर्न आएको हुँ, त्यही गर्छु’ अध्यक्ष डा। आचार्यले भन्नुभयो– ‘नयाँ परिस्थितिमा प्रत्येक पत्रकार र सञ्चार माध्यमले आफ्नो मनस्थिति बदल्नुपर्छ । दृष्टिकोण नबदली दृश्य बदलिँदैन ।”  उहाँले आफूले पत्रकार÷सञ्चार माध्यमलाई दण्डनात्मक नभइ सुधारात्मक दृष्टिकोण अपनाएर अघि बढाउने धारणा राख्नुभयो । पि।एस।बी।एन।का कार्यकारी अध्यक्ष डा। महेन्द्र विष्टले पि।एस।बी।एन। पत्रकार आचारसंहिता पालनामा प्रतिबद्ध रहेको बताउँदै काउन्सिललाई अझै स्वतन्त्र, स्वायत्त बनाउनमै जोड दिनुपर्छ भन्नुभयो । 

काउन्सिलका सदस्य बालकृष्ण अधिकारीले काउन्सिलले पत्र मात्रै काट्ने नभइ पत्रकारलाई कर्तव्यबोध गराउन सञ्चार माध्यममा स्थलगत अनुगमन गर्न थालेको जानकारी दिनुभयो ।  काउन्सिल अध्यक्ष डा। आचार्यलाई विशेष स्वागत गरिएको उक्त कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल, पि।एस।बी।एन।का प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपाने, एन।टि।भी।का समाचार प्रमुख पुष्पहरि क्याम्पा राई र रेडियोका समाचार प्रमुख पवन प्याकुरेल, नेपाल पत्रकार महासंघ रेडियो शाखाका अध्यक्ष भूषण पोखरेललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।  नेपाल पत्रकार महासंघ एन।टि।भी। शाखाका अध्यक्ष सुरेन्द्र पौडेलले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालसहित पि।एस।बी।एन। का वरिष्ठ अधिकृतहरूको सहभागिता रहेको थियो । तस्बिर ः सुजन महर्जन