Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

निकोलस भुसालपक्षले प्रधानमन्त्री कार्कीसँग वार्ता गर्दै

निकोलस भुसालपक्षले प्रधानमन्त्री कार्कीसँग वार्ता गर्दै

काठमाडौं । विभिन्न माग राख्दै अनसनमा बसेका कमल भुसाल (डा. निकोलस भुसाल) पक्षले प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने भएको छ । बिहीबार सरकारपक्षसँग भएको वार्ता निष्कर्षविहीन भएपछि प्रधानमन्त्री कार्कीसँग वार्ता गर्ने भएको हो । 

सरकारी वार्ता टोलीको पक्षबाट भुसालका मुद्दाका बारेमा अध्ययन गरी आज (शुक्रबार)सम्म जवाफ दिने र त्यसपछि प्रधानमन्त्रीसँग वार्ता गर्ने बिहीबारको वार्तामा सहमति भएको थियो ।

सरकारले भुसालसँग वार्ता गर्न प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा वार्ता समिति गठन गरेर बिहीबार नै वार्ता गरेको थियो । समितिमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. भिष्मकुमार भुसाल तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल सदस्य छन् ।

सोही समितिले भुसाल पक्षधरसँग बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा वार्ता गरेको थियो । 

भुसालको पक्षबाट अजय सोडारी, केशवबिक्रम खड्का, एसपी शाह, बिक्रम कार्की, लेनिन विष्ट, सुनिल सिंह, नर्गिस थापा, सुशील बुढाथोकी, सौरभ भण्डारी, डा. जगत विक, जितेन्द्र सिंह, विकेश साह, जुद्ध बहादुर सिंह श्रेष्ठ, सुमन बोहरा, भवानी श्रेष्ठ, अभिषेक श्रेष्ठ तथा बृजन बिके सहभागी थिए ।